अष्ट्रेलियामा पुनः लकडाउन


     नेपालय न्युज,     
     असार ११ गते २०७८


एजेन्सी । अष्ट्रेलियामा कोरोनाको तेश्रो लहरले दिनानुदिन मृृत्युदर बढ्न थालेपछी पुनः लकडाउन गरिएको छ ।

बेलायत, रुस, स्पेन लगायत अष्ट्रेलियामा पनि नयाँ भेरिएन्टको कोरोना संक्रमण दु्रतगतिमा फैलिएपछी सिड्नी लगायत अन्य केही शहरहरुमा पुनः एक साताका लागि लकडाउन गरिएको हो ।

लकडाउनको अवधिभर कोही पनि अष्ट्रेलियन नागरिकले बिदेश भ्रमण गर्न पाउने छैनन् भने अन्य मुलुकका नागरिकहरुलाई पनि अष्ट्रेलिया भ्रमणमा रोक लगाइएको छ ।

लकडाउनको अबधिभर सरकारी कार्यालयका कर्मचारीहरुले घरबाटै काम गर्नुपर्ने नियम लागु गरिएको छ ।

खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरुको पसल बिहानको १ घण्टा मात्र खुल्ने भएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या दैनिक १ हजारको दरले बढीरहेको छ ।

यहाँ हालसम्म कूल संक्रमितको संख्या ६ लाख ५९ हजार बढी पुगेको छ भने कोरानाका कारण १० हजार ६ सय बढीको मृत्यु भईसकेको छ ।

यसैगरी रुसमा पनि कोरोना महामारी तीब्र गतिमा पैmलिएको छ । रुसमा एक सातामा १७ हजार संक्रमित थपिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना महामारी फैलिने क्रममा रहेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।

हालसम्म ३ करोड जनताले कोरोना बिरुद्धको खोप लगाइसकेको जिकीर गर्दै राष्ट्रपति पुटिनले खोप अभियानमा तीब्रता दिंदा पनि संक्रमितको संख्या बढ्दै जानु चुनौतीको बिषय भएको प्रतिक्रिया दिनुभएको छ ।

संक्रमणको स्थिस्ति यस्तै रहेमा नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत तुल्याउनु भएको छ ।

रुसमा कोरोनाका कारण १ लाख ३१ हजार बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५३ लाख ८८ हजार ६ सय नाघेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com