एनआरएनए अमेरिकाको निर्वाचन आयोगले २५% प्रतिनिधिको चयन बिधि प्रकाशित गर्यो

-


     नेपालय न्युज    
     असार ९ गते २०७८


कृष्ण के सी,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले संघको अन्तराष्ट्रिय र राष्ट्रिय समन्वय परिषद दुवैको बिधान अनुरुप अन्तराष्ट्रिय माहाधिवेशनका लागि तोकिएका मध्ये २५% प्रतिनिधि चयन बिधि प्रकाशित गरेको छ।

जुन २२, २०२१ मा निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त बाशु फुलाराद्वारा जारी विज्ञप्तिमा देहाय बमोजीम निर्वाचन हुने ब्यबस्था उल्लेख गरिएको छ। फुलारा अमेरिकी अध्यागमन कानुनका कानुन ब्यबसायी पनि हुनुहुन्छ।

संघको राष्ट्रिय समन्वय परिषदको निर्णयबाट २५% ले हुन आउने ४७ जना प्रतिनिधि चयनको लागि गरिआएको अनुरोधलाइ आधार मान्दै निर्वाचन आयोगले बिधानको ब्यबस्था अनुरुप बिधि र निर्वाचन प्रकृया प्रकाशित गरेको कुरा उल्लेख गरेको छ।

संघको पंजीकृत सदस्य संख्याको समानुपातमा प्रतिनिधि चयन संबन्धि बिधि एनसीसी बिधानमा उल्लेख सेक्शन १५७ र आइसीसीको बिधानको सेक्शन १३.७ र अनुसूची ६ बमोजिमको ब्यबस्थालाइ आधार मानेर यो बिधि तय गरिएको हो। २५% ले हुन आउने जम्मा ४७ जना प्रतिनिधिको चयन बिधि सबै भन्दा उपयुक्त र बिधि-बिधानपूर्वक रुपमा तय गरेको देखिन्छ।

संघको अन्तराष्ट्रिय बिधान अनुरुप २५% प्रतिनिधि महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने भन्ने बाध्यात्कम ब्यबस्था छ।त्यसैगरी राष्ट्रिय समन्व परिषद अमेरिकाको बिधानमा बाँकी सिटका प्रतिनिधिहरुमा राज्य च्याप्टरले पहिलो प्राथमिकता पाउने भन्ने व्यवस्था उल्लेख छ। यो पटक राज्य च्याप्टर र क्षेत्रका पन्जिकृत सदस्यका आधारमा चयन हुनेछन। अब तुरुन्तै आयोगले इलेक्शन भेण्डरको लागि प्रक्रिया सुरु गर्ने कुरा पनि जनाएको छ।

संघको अन्तराष्ट्रिय बिधान अनुसार अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि ६५% प्राथमिकताका आधारमा, २५% निर्वाचनबाट र १०% अध्यक्षले मनोनित गरेर पठाउने ब्यबाथा छ।

४७ जना प्रतिनिधिहरुहरु मध्ये

२०२१-२०२३ निर्वाचनबाट निर्वाचित भएर आएका अमेरिकाका ५० राज्य मध्ये १०० या त्यो भन्दा धेरे पंजीकृत सदस्य भएर बनेका २९ वाट राज्य च्याप्टरले निर्णय गरेर पठाएका १/१ जनाहरुले हुन आउने २९ जनाको लागि हुनेछ।

बाँकी १८ जना प्रतिनिधिहरु चाहिं पंजीकृत सदस्यको रेशियोका आधारमा हरेक क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट चयन भएर आउनेछ। यो पटक मतदाता संख्याका आधारमा निम्न क्षेत्रमा निम्न प्रतिनिधि संख्या चयन गरिएको छ।

दक्षिण क्षेत्र ५ जना

नर्थ इष्ट क्षेत्र ५ जना

पश्चिममा क्षेत्र ४ जना

मिड वेष्टमा क्षेत्र ४ जना

१८ सिटका लागि प्रतिनिधि हुन चाहने तत् क्षेत्रका मतदाता, एनसीसीका विभिन्न तहमा निर्वाचित, निवर्तमान, पूर्वपदिय व्यक्तिहरुले उम्मेदवारी दिन सक्नेछन। उम्मेदवार हुने व्यक्ति २०२१-२०२३ का लागि पंजीकृत सदस्य कायम रहेको हुनुपर्ने छ। हरेक क्षेत्रका प्रतिनिधिहरुलाई क्षेत्रका मात्र मतदाताहरुले मत दिन पाउने छन्। उम्मेदवारी शुल्क, भोटिङ्ग बिधिबारे पछि जानकारी गराइने बताइएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com