अमेरिकामा घरको भाउ आकाशियो, केन्द्रीय बैंक मूल्य नियन्त्रणमा असफल !

-


     नेपालय न्युज    
     असार ९ गते २०७८


कोरोना कहरबाट भर्खरै बाहिर निस्किँदै गरेका अमेरिकी जनातालाई अब घर किन्न निकै महँगो दाम तिर्नुपर्ने भएको छ।
अमेरिकामा हाल घर खरिदका लागि बोलकबलको युद्ध नै चलेको छ। अमेरिकी जनताले यसलाई आश्चर्यजनक वृद्धि भनेका छन्। घर खरिदबिक्रीमा सल्लाह दिँदै आएका पिटर ब्लेकले अमेरिकी फेडरल रिजर्भ बैंकलाई आरोप लगाउँदै भने, ‘केन्द्रीय बैंकले ४० अर्ब डलरबराबरको मोर्गेज बोन्ड खरिद गरेर अमेरिकी रियल स्टेट बजारमा सल्केको आगोमा तेल हाल्ने काम गर्यो।’
हाल अमेरिकामा आलिसान घर किन्नका लागि ६ लाख डलर सूचीबद्ध गर्दै अग्रिम नगद माग्न थालिएको छ। मध्यमस्तरको घरको मूल्य ३ लाख ४१ हजार ६०० डलर पुगेको छ। यो भनेको २० प्रतिशतले बढोत्तरी हो।

ओबामा प्रशासनका एक अर्थिक सल्लाहाकारले सञ्चार माध्यमसँगको कुराकानीमा फेडरल रिजर्भ बैंकले अग्रिम भुक्तानी घटाउनुपर्ने तथा घरहरुको मोर्गेज रेट पनि घटाउनुपर्ने बताए। उनले सबै नगदको अफरको पनि आलोचना गरे । ती अधिकारीले भने, ‘अहिलेको कोभिडको मारका अवस्थामा कति अमेरिकीले सबै नगद दिन सक्छन् ?’
केन्द्रीय बैंकको आलोचना गर्दै ती अधिकारीले यसले आर्थिक असमानता भन्दै गरिबलाई आर्थिक सहुलियत आवश्यक रहेको औंल्याएका छन्। – एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com