पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम

-


     नेपालय न्युज    
     असार ९ गते २०७८


सभासद मित्रहरु
पोखरा महानगरपालिकाको दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’ लाई व्यवहारमा रुपान्तरण गर्न ७ वटा मार्ग निर्देशित सिद्धान्तहरु तय गरिएको छ ।
१. नागरिकको मौलिक हककोे संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित गर्ने ।
२. नागरिकहरुलाई संगठित गर्दै सहभागितामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी ज्ञान, सिप र प्रविधिमा आधारित हरित अर्थतन्त्रको विकास गर्ने ।
३. विकास साझेदारहरुसँग सहकार्य गर्दै वातावरणीय सन्तुलन, जैविक विविधता, प्राकृतिक स्रोतहरु, सामाजिक तथा सांस्कृतिक स्रोतहरुको संरक्षणसहितको दिगो, समावेशी र उत्थानशील भौतिक पूर्वाधारहरु निर्माण गर्ने ।
६. पारदर्शिता, जवाफदेहिता, सदाचारसहितको सार्वजनिक प्रशासन, सुसूचित नागरिकसहितको सहभागितामूलक पद्धति प्रवद्र्धन गर्दै सामाजिक न्याय तथा सुशासन सुनिश्चित गरिने छ ।
७. दिगो विकासको लक्ष्य स्थानीयकरण गरी सामाजिक न्यायसहितको समाजवाद उन्मुख समाज निर्माणको आधार तयार गर्ने ।
अब म, आगमी आर्थिक वर्ष २०७८÷०७९ को लागि यस महानगरपालिकाले तर्जुमा गर्न प्रस्ताव गरेको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने अनुमति चाहन्छु ।
कोभिड नियन्त्रण सम्बन्धी नीतिहरु
१. कोभिड १९ नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको नीति तथा प्रतिकार्यको खाकामा स्थानीय तहले सम्पादन गर्नु पर्ने भनी गरेको व्यवस्थाको पूर्ण पालना गर्दै त्यस भन्दा अघि बढेर स्थानीयवासी दाजुभाइ दिदीबहिनीको जीवन रक्षाको लागि महानगरपालिकाले हर संभव कार्य गर्नेछ । यस क्रममा, विगतबाट संचालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसंचालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने छ । अग्र पंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिम भक्तालाई निरन्तरता दिइने छ ।
२. कोभिड १९ बाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको कार्यलाई गुनासो रहित तवरमा व्यवस्थापन गरिनेछ । कोभिडबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको लागि उपयोग गरिएको स्थानलाई पार्कको रुपमा विकास गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।
३. कोभिड १९ को कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीहरुलाई समय सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गरिनेछ भने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
४. कोभिड नियन्त्रणको लागि गत आर्थिक वर्षमा विनियोजित बजेटको आधारमा तथा दोस्रो लहरबाट हामीलाई प्राप्त सिकाइको आधारमा, एवं तेस्रो लहर समेत आउन सक्ने आँकलनका साथ आवश्यक रकम कोभिड नियन्त्रण सम्बन्धी कोषमा विनियोजन गरिनेछ ।
पूर्वाधार क्षेत्रसँग सम्बन्धित नीतिहरु
५.विकटलाई निकट ल्याउने अठोटका साथ सुरु गरिएको कनेक्टिङ सडक कार्यक्रमलाई निरन्तरता दिइने छ । चालु आर्थिक वर्षको लागि विनियोजित भएको र कोभिडको कारणले भएको निशेधाज्ञा समेतले प्रभाव पारी सम्पन्न हुन नसकेका आयोजनाहरु आगामी आर्थिक वर्षमा प्राथमिकताका दिई सम्पन्न गरिनेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गरिने छ ।
६.मुख्य सहरी सडकमा गरिएको अस्फाल्ट पिचको कारणले आम जनतामा सकारात्मक सन्देश प्रवाह भएको हुँदा यस कार्यलाई सहरको अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । यस कार्यको लागि सडक निर्माणमा संलग्न राज्यका अन्य निकायहरुसँग सहकार्य गरिनेछ ।
७.अस्फाल्ट पिच गरेको सडक कुनै पनि प्रयोजनको लागि कम्तिमा २ वर्ष खन्न नपाउने नीति निर्धारण गरिनेछ र पिच गर्नु पूर्व स्थानीयवासीहरुलाई आफ्नो आवश्यकताका कार्यहरु सम्पन्न गर्न प्रेरित गरिनेछ ।
८.उज्यालो पोखरा अभियान संचालनको लागि नेपाल विद्युत प्राधिकरणसँग गरिएको सहकार्यलाई निरन्तरता दिइने छ । आगामी आर्थिक वर्षमा उक्त कार्य सम्पन्न गरिनेछ ।
९. विश्व बैंकको सहयोगमा संचालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गरिनेछ भने उक्त आयोजना मार्फत् संचालन हुने अन्य योजनाहरुको छनोट गरिनेछ ।
१०. निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन २०२१ भित्र सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग महानगरपालिकाले उपलब्ध गराउनेछ ।
११. पोखरा क्षेत्रको समग्र ढलको व्यवस्थापनका लागि जापान सरकारको आर्थिक सहयोग तथा संघीय खानेपानी विभागको प्राविधिक सहयोगमा संचालित गुरुयोजना निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाइनेछ । ढल प्रशोधन गर्ने प्रयोजनको लागि जग्गाको खोजी गरी जग्गा प्राप्ति तर्फको कामलाई अगाडि बढाइने छ ।
१२.बेलायत सरकारको सहयोग निकाय युके एडको सहयोगमा सञ्चालित सुदृढ परियोजनालाई महानगरपालिकाको क्षमता विकास, तालिम, तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा परिचालित गरिने छ । कार्बन तटस्थ नीति निर्धारण तथा हरित सहर एवं अर्थतन्त्र निर्माण गर्ने सम्बन्धी कार्यमा उक्त संस्थाको विशेषज्ञता उपयोग तथा नमूना क्रियाकलापहरु संचालन गरिनेछ ।
१३. पूर्वाधार संरचनाहरुको प्राथमिकीकरण गर्दा आगामी आर्थिक वर्षमा सम्पन्न हुने योजनाहरुलाई प्राथमिकतामा राखिने छ । वडा समितिको सिफारिस साथ प्राप्त सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा जनताले विकासको प्रतिफल महसुस गर्न पाउने गरी, नयाँ योजनाको घोषणा गर्ने होइन, क्रमागत योजनाहरु सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिइएको छ ।
१४.५० लाख भन्दा बढी लागत भएका योजनाहरुको मर्मत सम्भार गरी दिगोपना ल्याउने उद्देश्यले २ प्रतिशत का दरले मर्मत सम्भार कोष कट्टा गरिने छ ।
१५.उपभोक्ताको श्रम, सिप र प्रविधिमा आधारित २५ लाख सम्मका योजनाहरु उपभोक्ता समिति मार्फत् सञ्चालन गर्न प्रोत्साहित गरिने छ ।
१६.सडक निर्माण तर्फको बजेट विनियोजनलाई भौगोलिक हिसाबले सन्तुलित बनाइने छ । पोखरा उपत्यकासँग जोडिएका ग्रामीण बस्ती र वडाहरुलाई सहरी क्षेत्रसँग जोड्ने, विपत्मा उद्दार गर्दा वा स्वास्थ्य आपतकाल परी एम्बुलेन्स मगाउँदा बीचैमा अलपत्र पर्नु नपर्ने अवस्थाको सुनिश्चितता गर्दै सडक तर्फका पूर्वाधारहरुको प्राथमिकता निर्धारण गरिएको छ ।
१७.सहरी क्षेत्रमा सडक बोर्ड मार्फत् मर्मत संभार गर्ने तथा बस्ती स्तरका छोटा बाटोहरु ५०–५० प्रतिशत उपभोक्ता तथा महानगरपालिकाले योगदान गर्ने गरी कार्यान्वयन गर्ने नीति निर्धारण गरिएको छ ।
१८.भवन निर्माणको हकमा वडा कार्यालय तथा महानगरको प्रशासकीय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य तर्फका भवनहरु, कृषि एवं पशु सेवा तर्फका सेवा केन्द्रहरु, विद्यालयका भवनहरु र सामुदायिक भवनहरु निर्माण गर्ने गरी प्राथमिकताको क्रम निर्धारण गरिएको छ ।
१९.निर्मित भवनहरुको मर्मत संभारलाई प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्षमा नमूनाको रुपमा विद्यालय भवनहरुमा एउटै रंग लगाउने नीति कार्यान्वयन गरिनेछ ।
२०.जापान सरकारको आर्थिक सहयोगमा पोखरा उपत्यकामा संचालित खानेपानी योजनालाई अविलम्ब सम्पन्न गर्न महानगरपालिकाबाट सहयोग र समन्वय गरिनेछ । उक्त खानेपानी आयोजनाले खनेका र मर्मत संभार नभएका सडकहरु तत्काल मर्मत संभार गर्न पहल गरिनेछ ।
२१.ग्रामीण परिवेशमा संचालनमा रहेका साना ठूला खानेपानी आयोजनाहरु निर्माणलाई तिव्रता दिइनेछ । खानेपानीको स्रोत तथा मूल दर्ता गर्ने कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
२२. स्रोत अभाव तथा मागमा कमीको कारणले सिँचाई क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा वडा कार्यालयहरुबाट यस क्षेत्रमा विनियोजन भएको रकमको अलावा, साना सिंचाइका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
२३.पोखरा सभागृहको जीर्णोद्धारको कार्य थालनी गरिनेछ । यस कार्यमा गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिनेछ । पोखराको सिटी बस टर्मिनल निर्माण तथा लामेआहालमा प्रस्तावित बसपार्कको निर्माणको लागि पोखरा उपत्यका नगर विकास समिति एवं गण्डकी प्रदेश सरकारका सम्बन्धित कार्यालयहरुसँग सहकार्य गरिनेछ । पोखरा १४ बिपी मार्ग नजिकै स्थानीय बसपार्क निर्माण कार्य अगाडि बढाइने छ ।
२४. निर्माण सामग्री गुणस्तर मापन प्रयोगशालाको क्षमता स्तर उन्नति गरी आयोजना कार्यान्वयन र अनुगमनको छुट्टाछुट्टै एकाइ बनाइनेछ । निर्माण सामग्री गुणस्तर तथा नियन्त्रण प्रयोगशाला गण्डकी बहुप्राविधिक शिक्षालयको मातहत रहने गरी संचालन गरिनेछ ।
२५. सुदृढ परियोजना मार्फत जोखिम संवेदनशील भू–उपयोग योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ भने नगर यातायात गुरुयोजनालाई अन्तिम रुप दिई, पोखरा भित्रका महत्वपूर्ण सडकको सडक अधिकार क्षेत्र निर्धारण गरिनेछ । कोरिया सरकारको सहयोगमा तयार भएको ग्रीन ट्रान्स्पोर्टेसन मेनेजमेन्ट मास्टर प्लानलाई कार्यान्वयनमा ल्याइने छ भने पोखराको बाहिरी चक्रपथ निर्माणको पूर्व सम्भाव्यता अध्ययन समेतका आधार विस्तृत सम्भाव्यता अध्ययन थालिने छ ।
२६.निर्माणाधीन पुल निर्माण आयोजना सम्पन्न गरी आवश्यकता एंव प्राथमिकता समेतका आधारमा थप मोटरेबेल पुल निर्माण सुरु गरिनेछ ।
२७.नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरीत कार्य गर्ने कार्यलाई निरूत्साहित गरी कानुनी दायरामा ल्याइनेछ । मुख्य सहरी सडकमा नक्सा पास गरी भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किङ अनिवार्य गर्नुका साथै कोरोनाको समयले अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्नका लागि व्यावसायिक तथा व्यापारिक भवन निर्माणमा नक्सा पास दस्तुर छुट गर्ने नीति लिइनेछ । साथै घर नक्सा पास गर्दा अनिवार्य रुपमा गुगल प्लस कोड अंकित गरिने छ ।
२८.महानगरपालिकाको मुख्य बजार क्षेत्रमा दिनानुदिन बढेको ट्राफिक व्यवस्थापनको जटिलतालाई न्यूनीकरण गर्न सडकका चोकहरुको आधुनिक डिजाइन गरी यसलाई सरलीकरण गर्ने पूर्वाधारहरु निर्माण गरिनेछ ।
सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित
२९.नेपाल सरकारले कर्मचारीको हकमा लागू गरेको भत्ता वृद्धि, पर्यटन काज, बालविकास सहयोगी कार्यकर्ताहरुको लागि वृद्धि गरेको सुविधा, महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि वृद्धि गरेको सुविधा, तथा प्रहरी कर्मचारीको हकमा वृद्धि गरेको राशन खर्च जस्ता निर्णयको कारणले सिर्जना हुने आर्थिक दायित्व वहन गर्ने गरी बजेट तर्जुमा गरिने छ । आन्तरिक पर्यटनमा टेवा पु¥याउन जनप्रतिनिधिलाई पनि ५ दिनको पर्यटन बिदा उपलब्ध गराइने छ ।
३०.समग्र कर्मचारीहरुको मनोबल उकास्न तथा कर्मचारीहरुको बीचमा टिव वर्कको भावना विकास गर्न स्थानीय कर्मचारी सेवा ऐनको समसामयिक परिमार्जन गरिनेछ । साविकका स्थानीय निकायमा नियुक्त भई कार्यरत कर्मचारीहरुको समायोजन गर्न आवश्यक व्यवस्था गरिने छ ।
३१. जनतालाई पायक पर्ने गरी महानगरको प्रधान कार्यालय पोखरा मनपा वडा न. १२ मा निर्माण कार्य यसै वर्ष सुरु गरिनेछ । वडा न. ८ मा रहेको पुरानो दमकलमा महानगरका महाशाखाहरु रहने गरी भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै स्थानीय सेवा प्रवाहको पहिलो सम्पर्क विन्दुको रुपमा रहेका वडा कार्यालयहरुको भवन निर्माण अभियानलाई निरन्तरता दिइने छ । जमीनको व्यवस्थापन भएको स्थानमा वडा भवन निर्माण आरम्भ गरिनेछ ।
३२. शान्ति सुरक्षा, कानुन कार्यान्वयन, महिला सुरक्षा लगायतका कार्यमा बहुउपयोगी हुने गरी सहरमा सिसिटिभीको नेटवर्क जडान गरी जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम स्थापना गर्ने तथा नगर प्रहरी तथा अन्य सुरक्षा अंगले त्यसको उपयोग गर्ने गरी स्थानीय प्रशासनसँग साझेदारीमा संचालन गरिनेछ ।
३३. सार्वजनिक सम्पत्ति माथि विभिन्न स्वरुपमा अतिक्रमण गर्ने एवं बाध्य नभई कानुनको पालना नगर्ने परिपाटी अझै पनि विद्यमान रहेकोले यसको निगरानी तथा नियन्त्रणको लागि नगर प्रहरीलाई थप जनशक्ति तथा स्रोत साधनयुक्त बनाइनेछ । नगर प्रहरी सेवालाई ब्यारेक प्रणालीमा रुपान्तरण गरी २४ घण्टा नै ड्युटीमा खटाउने गरी व्यवस्थापन गरिनेछ ।
३४.महानगरपालिकाबाट प्रदान गरिने सेवालाई सूचना प्रविधितर्फ अग्रसर गराइनेछ । व्यवसाय करलाई डिजिटल वालेट मार्फत् भुक्तानी गर्न सकिने पूर्वाधार निर्माण गरी सेवा आरम्भ गरिनेछ । महानगरपालिकाको अभिलेख व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग र विस्तार गरिनेछ ।
३५. वडा कार्यालयलाई जनशक्ति तथा थप स्रोत साधनयुक्त बनाइनेछ । जनताले प्राप्त गर्ने आधारभूत सेवाहरु वडा कार्यालयबाट नै प्राप्त गर्न सक्ने नीति लिइनेछ । खर्च केन्द्रको रुपमा विकास गरिएको वडा कार्यालयलाई थप अधिकार र जिम्मेवारी प्रदान गरिनेछ ।
३६. प्रशासनिक खर्च कटौतिको लागि प्रविधितर्फ आकर्षित हुन नसकेका तथा उत्पादकत्व कमहँुदै गएका कर्मचारीहरुलाई लक्षित गरी स्वेच्छिक अवकाशको नीति तर्जुमा गरिनेछ । अत्यावश्यक बाहेक, यस्ता दरबन्दीहरु पुनः पदपूर्ति गरिने छैन ।
३७. तत्कालीन नगर पञ्चायत, नगरपालिका, उपमहानगर पालिका, लेखनाथ नगरपालिका साथै गाभिएका सम्पूर्ण गाविसहरुबाट आएका भौतिक सम्पत्ति, निर्णय तथा कर्मचारीहरुको अभिलेखलाई डिजिटल गरिनेछ ।
३८. संस्थागत विकाससँग जोडिएका कर्मचारीहरुको क्षमता विकासमा जोड दिँदै आवश्यकता अनुसार क्षमता विकासको अवसर प्राप्त गर्ने गरी कार्यक्रमहरु तर्जुमा गरिने छन् । कर्मचारीलाई कार्यसम्पादनका आधार पुरस्कार र दण्डको नीति लिइनेछ ।
३९. फिर्के खोला, विजयपुर खोला, सुइखेत खोला, भोटी खोला, स्यानी खोला, स्याङखुदी खोला, गुप्तेश्वर गुफा क्षेत्र र फुस्रे खोला क्षेत्रको मापदण्ड परिमार्जनको लागि विज्ञ सदस्यहरु समेतको कार्यदल गठन गरिएकोले उक्त समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले उक्त मापदण्ड परिमार्जन गर्न सक्ने कानुनी प्रबन्ध गरिनेछ ।
शिक्षा
४०.सबैका लागि शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिई बाल विकास केन्द्रको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुका साथै व्यवस्थित कक्षा कोठा तथा सिकाइ केन्द्र निर्माण गर्दै लगिनेछ । सबैका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै ४ वर्ष उमेर समूहका सबै बालबालिकाहरूलाई पूर्व प्राथमिक कक्षाको अनुभवसहित कक्षा १ मा भर्ना गर्ने व्यवस्था गरिनुका अतिरिक्त विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय बाहिर नरहने वातावरण तयार गरिनेछ ।
४१.सिकाइका लागि अनुभव, शिक्षामा नवीनताका लागि दक्ष शिक्षक अवधारणालाई अगाडि बढाइ विद्यालय शिक्षकहरूका लागि छोटा अवधिका विषयगत पुर्नताजगी तालिमहरू संचालन गर्दै लगिनेछ । पूर्व प्राथमिक शिक्षाका शिक्षकहरूलाई अनिवार्य रूपमा तालिम प्रदान गरिनेछ ।
४२.गण्डकी बुहुप्राविधिक शिक्षालयमा विषयहरु थप गरी अध्ययनको दायरा फराकिलो बनाइनेछ । विशेष अनुदान तथा नगरपालिकाको दायित्व समेतबाट बहुवर्षीय खरिद मार्फत भवन निर्माण गरिने तथा शिशुवा अस्पतालको स्तरोन्नति गरी नर्सिङतर्फको कार्यक्रम थप गरिनेछ । सामुदायिक विद्यालयहरुलाई क्रमशः प्राविधिक विद्यालयमा स्तरोन्नति गर्ने, बाल विकास केन्द्र, आधारभूत विद्यालय, माध्यामिक विद्यालय, सामुदायिक सिकाइ केन्द्रहरुको स्तरोन्नति गर्दै प्राविधिक शिक्षाको अनुपात वृद्धि गरी रोजगार मूलक शिक्षामा जोड दिइनेछ ।
४३.महानगर शिक्षा परिषद् र वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिहरुलाई सवलीकरण गरी विद्यालय अनुगमनलाई प्रभावकारी बनाइँदै सबै प्रकारका विद्यालयको स्तर वृद्धिमा जोड दिइनेछ ।
४२. दश वर्षे शिक्षा योजनालाई कार्यान्वयन गर्दै स्थानीय बजार र सम्बन्धित प्रतिष्ठानहरूको माग अनुसारका व्यावसायिक विषयहरूको अल्पकालीन एवं मध्यकालीन तालिमहरू सञ्चालन गर्दै लगिनेछ । यसका लागि नेपाल सरकारबाट पूर्व निर्धारित पाठ्यक्रम अनुसरण गर्नुका साथै आवश्यकता अनुसार स्थानीय माग बमोजिमको पाठ्यक्रम निर्धारण गरी व्यावसायिक तालिम सञ्चालनको अवधारणा बनाइनेछ ।
४४.कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीमा परेको असर समेतलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालयहरूमा वेबसाइट निर्माण, इन्टरनेट, इन्ट्रानेट सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक कक्ष निर्माण कार्य अनिवार्य गर्दै लगिने छ ।
४५.स्थानीय विषयवस्तु र परिवेश समेटी तयार गरिएको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने छ ।
४६.स्थानीय तहभित्र सञ्चालन गर्न सकिने सम्भाव्य प्राविधिक कार्यक्रमहरू र त्यसका लागि आवश्यक भौतिक पूर्वाधारहरू, जनशक्तिको विश्लेषण गरी स्थानीय बजारका आवश्यक जनशक्ति स्थानीय स्तरमै उत्पादन गरी रोजगारमूलक शिक्षामा जोड दिइने छ ।
४७.फरक तथा विशेष क्षमता भएका विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिइने छ ।
४८.महानगरस्थित निजी तथा सामुदायिक शैक्षिक संघ संस्था तथा प्रतिष्ठानहरुसँग सहकार्य गरी शैक्षिक तथा वौद्धिक गतिविधिहरुलाई बढवा दिइने छ ।
४९.सामुदायिक स्वास्थ्य संस्थाहरुको सहकार्यमा एक विद्यालय एक प्राथमिक उपचार एकाइ, एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम कार्यान्वयन गर्दै लगिनेछ ।
५०.समुदाय र विद्यालयको साझेदारीमा विद्यालय हरियाली कार्यक्रम सञ्चालन गरी विद्यालयमा हरियाली प्रवद्र्धन गरिने छ ।
खेलकुद
५१.महानगरीय खेलकुद विकास समितिका मार्फत् वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण संचालन गरिनेछ । पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
५२.विद्यालयमा खेल मैदान निर्माण कार्यलाई प्रोत्साहन दिँदै विद्यालय स्तरमा महानगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
५३.स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई निरन्तरता दिँदै एक टोल, एक खुल्ला क्षेत्र, एक खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन गरिनेछ । महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने व्यवस्था गरिनेछ ।
भाषा, कला, साहित्य, संस्कृति
५४.पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
५५.महानगर रत्न चयन गरी सम्मान गरिनेछ । पोखरा साहित्य महोत्सव सञ्चालन गर्नुका साथै महानगरवासी स्रष्टाहरूको अभिलेख तयार गरी व्यवस्थित गरिनेछ ।
५६. विद्यालयस्तरमा कला, साहित्य भाषा संरक्षण तथा विकासका लागि आवश्यक कार्यक्रम संचालन गर्दै बालबालिकालाई भाषा साहित्य कला संगीतमा रूचि बढाउनका लागि विद्याालय स्तरमा कार्यक्रम संचालन गर्दै लगिनेछ ।
युवा तथा स्वरोजगार प्रवद्र्धन कार्यक्रम
५७.युवा परिषद् मार्फत् वडास्तरमा नै युवा गुनासो सुनाइ तथा सहयोग कक्ष स्थापना गरी युुवालाई व्यवसाय तथा उद्यम मूलक कार्यमा जोडिनेछ ।
५९.केन्द्र सरकारबाट अगाडि बढाइएको युवा सभासद कार्यक्रम निरन्तरता दिनुका साथै एक वडा एक उत्पादन कार्यक्रम अगाडि बढाइनेछ ।
६०.विपद् उत्थानकार्यमा युवाहरू परिचालन गर्न एक वडा एक विपद् उद्धार समूह तयार गरी परिचालन गरिनेछ ।
स्वास्थ्य तथा सामाजिक विकास तर्फ
६१.स्वास्थ्य सेवालाई जनताको सहज पहूँचमा पु¥याउन एम्बुलेन्सहरुको एकीकृत सेवाको अवधारणा विकास गरिनेछ । तीन अंकको कल सेवा तथा रेडियोयुक्त एम्बुलेन्सहरुको लागि साझेदार संस्थाको खोजी गरी सहकार्य गरिनेछ । नगरपालिका भित्र एम्बुलेन्स स्टेसन स्थापना गरिनेछ ।
६२.सीमान्तकृत तथा एकल महिलाहरुलाई लक्षित गरिएको उपमेयरसँग महिला कार्यक्रमको उत्साहजनक प्रतिक्रिया प्राप्त भएकोले उक्त कार्यक्रमलाई विस्तार गरिनेछ ।
६३.महानगरले प्रदान गर्नु पर्ने आधारभूत स्वास्थ्य सेवाको लागि स्वास्थ्य सेवा केन्द्रहरुको म्यापिङ गरिनेछ । जनसांख्यिक बनोटमा भइरहेको परिवर्तन तथा बढ्दो सडक संजाल समेतको विश्लेषण गरी स्वस्थ्य संस्थाहरु एकीकृत र व्यवस्थित गरिनेछ ।
६४.स्वास्थ्य कार्यालयहरुबाट प्रदान गरिने निशुल्क औषधीको लागि नपुग बजेटको व्यवस्था गरिनेछ । आवश्यकताको आधारमा स्वास्थ्य क्षेत्रको जनशक्ति सम्बन्धी संरचना परिमार्जन गरिनेछ ।
६५.साविकको लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मूख्य संरचनाको रुपमा विकास गरिने छ । ५० शैड्ढयाको उक्त अस्पतालमा ५० शैड्ढया थप गरी क्रमशः १ सय शैड्ढयाको अस्पतालको रुपमा विकास गरी आत्मनिर्भर रुपमा संचालित हुनेतर्फ अग्रसर गराइनेछ ।
६६.युवा क्लबहरु, आमा समूह तथा टोल विकास संस्थाहरुलाई सामाजिक अभियानका कार्यक्रममा परिचालन गरिनेछ । उत्कृष्ट कार्य गर्ने यस्ता संस्थाहरुलाई उचित अवसरमा सम्मान गर्ने नीति लिइनेछ ।
६७.ज्येष्ठ नागरिकलाई नेपाल सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भत्तामा थप गरी प्रदान गरिने रकमलाई निरन्तरता प्रदान गरिनेछ । ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र स्थापना गर्ने नीति लिइने छ ।
६८.सडक बालबालिकाहरुको पुनस्र्थापनाको लागि निर्माणाधीन संरचनालाई सम्पन्न गरी आगामी आर्थिक वर्षबाट संचालनमा ल्याइनेछ । मानव सेवा आश्रम जस्ता परोपकारी संस्थाहरुसँग भइरहेको सहकार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
६९.स्थानीय न्यायिक समितिलाई थप स्रोत साधनले युक्त बनाइनेछ । पर्याप्त जनशक्तिको व्यवस्थापन गरी इजलास तथा मेलमिलापका कार्यलाई प्रभावकारी बनाइनेछ । वडा वडामा स्थापना भएका मेलमिलाप समितिहरुलाई लक्षित गरी क्षमता विकासका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
७०.निर्मित पूर्वाधार संरचना मर्मत गरी वा नयाँ निर्माण हुने संरचनालाई अपांगमैत्री बनाउने, विभिन्न प्रकारका अपांगता भएका लक्षित वर्गको लागि सहायता सामग्री हस्तान्तरण कार्यहरुलाई निरन्तरता दिइएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र
७१.आगामी आर्थिक वर्षमा ल्यान्डफिल साइटको व्यवस्थापनको लागि जमिन खरिद गरी, ल्यान्डफिल निर्माणको कार्य आरम्भ गरिनेछ । स्थायी स्यानिटरी ल्यान्डफिल व्यवस्थापन नभए सम्म अस्थायी ल्यान्डफिलको व्यवस्थापन गरेर विमानस्थल सञ्चालनमा सहजीकरण गरिनेछ ।
७२.विपद् व्यवस्थापन गर्ने क्रममा उपलब्ध गराउने राहत रकमलाई समसामयिक बनाई निरन्तरता प्रदान गरिनेछ । विपद्को कारणले सडक, खानेपानी, सिँचाई, भवन जस्ता पूर्वाधारमा पुग्न सक्ने क्षति रोक्न वा भइसकेको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षमा अवलम्बन गरिएको नीतिलाई निरन्तरता दिइनेछ । भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको क्षति बारे अध्ययन गरी न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने छ ।
७३. निजी सवारी साधन खरिद गर्दा पार्किङ स्थल एकिन गर्नुपर्ने र यस्तो सवारी साधनले घर कम्पाउन्डबाट हिलो सडकमा ल्याउन नसक्ने गरी पार्किङ स्थलको निर्माण तथा मर्मत गर्नुपर्ने नीति निर्धारण गरी आम पोखराबासीलाई यो नीति अनुसरण गर्न आह्वान गरिनेछ ।
७४. पोखरामा संचालित साना ठूला वर्कसपहरुले सडक पेटीमा सवारी साधन धुन नपाउने तथा सावरी साधनमा प्रयोग हुने मोबिल बगाई सडक वा नाली प्रदुषित गर्न नपाउने र गरेमा जरिवाना गर्ने नीति अवलम्बन गर्दै वर्कसपको मापदण्ड परिमार्जन गरिनेछ ।
७५.अग्नी नियन्त्रण तथा प्रकोप व्यवस्थापनमा खटिने कर्मचारीहरुको संख्या पुनरावलोकन गरिने छ भने उक्त कार्यमा खटिने जनशक्तिलाई तालिमको व्यवस्था गरिनेछ ।
७६.अग्नी नियन्त्रण, वर्कशप, ल्यान्डफिल, नगर प्रहरी तथा महाशाखाहरुको लागि आवश्यकताको आधारमा प्राथमिकता तय गरी सवारी साधनहरु खरिद गरिनेछ ।
७७.प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरी प्रकोप पश्चातको प्रतिकार्य तथा निर्मित संरचनाको मर्मत संभारलाई निरन्तरता प्रदान गरिनेछ ।
७८. पोखरा २८ ठूलाकोटमा एस्टोनोमी पार्क निर्माण तथा पोखरा ६ वसुन्धरा पार्कमा थप पूवार्धार निर्माण गरिने छ ।
आर्थिक विकास क्षेत्र
पर्यटन
७९.पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने छ । पोखरा महानगरको लक्ष्य पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गरिने छ ।
८०.पोखरास्थित प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिक स्थल, कोटहरुको संरक्षण गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गरिने छ ।
८१.पर्यटन पूर्वाधारहरुको निर्माण, पर्यटन प्रवद्र्धन, पर्यटन क्षेत्रमा क्रियाशील जनशक्तिको क्षमता विकास तथा होम स्टेहरुको क्षमता विकास एवं प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई पुर्नउत्थानको नीति लिइनेछ ।
८२. पोखरा पर्यटन विश्वविद्यालय स्थापनाको लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथुम)सँग सहकार्य गरिने छ ।
८३. निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घण्टाघर निर्माणलाई अगाडि बढाइने छ ।
सहकारी
८४. महानगरपालिकामा संचालित सहकारीहरुलाई एक सहकारी एक उत्पादनका कार्यक्रममा थप प्रोत्साहनका साथ परिचालन गरिनेछ । सहकारीहरुको अनुगमन तथा वित्तीय स्वस्थता निगरानी गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सीमान्तकृत समुदायको सहकारीमा प्रतिनिधित्वको लागि सहकारी संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।
८५. सहकारीहरुलाई विकासको साझेदारको रुपमा विकास गरिने छ । एक सहकारी एक युवा उद्यम कार्यक्रमलाई अगाडि बढाउँदै युवा उद्यमी सहकारी सञ्चालनसहित रोजगारीका अवसर सिर्जना गरिने छ । विपन्न वर्गको लागि उत्पादन मूलक व्यवसायमा व्याज अनुदान उपलब्ध गराउने नीति लिइनेछ ।
कृषि ( उत्पादनमा वृद्धि, महानगरको समृद्धि)
८६. कृषि तथा पशु जन्य उत्पादनमा आधुनिक प्रविधि प्रयोगमा ल्याई व्यावसायिक कृषि तथा पशु पालनमा प्राथमिकता दिँदै उत्पादनमा वृद्धि गरी आत्म निर्भर बनाउँदै लगिने छ ।
८७. समावेशी स्थानीय आर्थिक विकासको रणनीतिपत्रलाई कार्यान्वयन गरिनेछ । स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनहरुको समर्थन मूल्य तोक्ने, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्ने तथा कृषि उत्पादनलाई पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आवद्ध गर्ने नीति निर्धारण गरिएको छ ।
८८. ‘खेती योग्य गह्रा, बनाऔं हराभरा’ अभियानका रुपमा सञ्चालन गरिने छ । जसका लागि अनुदानमा बिउ उपलब्ध, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय कृषि उत्पादनको सामग्रीको सहज उपलब्धता गराउनका साथै कृषि स्रोत केन्द्र र कस्टम हायरिङ केन्द्र क्षमता विकास गरिने छ ।
८९. मत्स्य पोखरी निर्माणमा जोड दिँदै पोखरा १९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र घोषणा गरी ट्राउट माछा फर्म विस्तार तथा प्रवद्र्धन गरिने छ ।
९०. सबै पशुहरुको आधारभूत स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान कार्य निशुल्क उपलब्ध गराइने छ । मासु प्रजातिलाई मध्य नजर गर्दै साझेदारीमा वधशाला तथा वध स्थल निर्माण कार्य अगाडि बढाइने छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति
९१. निर्यात जन्य बस्तुहरुको पहिचान गरी उत्पादन वृद्धि गरिने छ । ती सामग्रीको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनको लागि पहल गरिने छ ।
९२.स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विस्तार विकास र आधुनिकीकरण गरिने छ । जडिबुटी जन्य उत्पादनहरुलाई प्रसोधन तथा बजारीकरणमा जोड दिइने छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन शाखा स्थापनाको नीति लिइने छ ।
राजश्व प्रशासन सुधार सम्बन्धी
९३. सार्वजनिक निजी साझेदारी मार्फत फेवा ताल संरक्षण, सेती नदी तथा रामघाट क्षेत्रको संरक्षण र विकास, पोखरामा पर्यटकीय गन्तव्यको विस्तार गर्ने जस्ता नीति निर्धारण गरिनेछ । सानिसा अवधारणा मार्फत् स्थानीय आर्थिक विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा महानगरपालिकाको लागि दिगो आय व्यवस्थापन गर्ने जस्ता कार्य गरिने छ ।
९४. कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव गरिएको छैन, तर सबै प्रकारका कर दस्तुर तथा शुल्कहरुलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटिहरु सच्याउने प्रयास गरिनेछ ।
९५.सम्पत्तिको मूल्यांकनको आधारमा सम्पत्ति करलाई प्रगतिशील करको रुपमा परिचालन गरिने छ । अत्यावश्यक नभई सम्पत्ति कर नतिर्ने (नन्फाइलर) हरुलाई सालवसाली सम्पत्ति कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्पत्ति करको मूल्यांकन प्रक्रियालाई थप वैज्ञानिक बनाइनेछ ।
९६.व्यवसाय करको दायरा विस्तार गर्न अभियानहरु संचालन गरिनेछ । वहाल करलाई करदाताले तिर्न सक्ने क्षमतामा आधारित भई दरहरु निर्धारण गरिनेछ ।
९७. करदाता शिक्षा कार्यक्रम मार्फत प्रत्येक घर घरमा करको दायित्व तथा नागरिकको कर्तव्यको विषयमा जानकारी प्रवाह गरिनेछ ।
करलाई दायित्व वा बोझको रुपमा नभई सम्मानीत जीवनयापनको एउटा अनिवार्य शर्तको रुपमा स्थापित गर्न आवश्यक पहल गरिनेछ ।
९८.सरसफाइ शुल्कलाई विगतमा गरिएको अभ्यासहरुको तुलनात्मक अध्ययन गरी सेवा प्रदायक तथा सेवाग्राही दुबैलाई सहज हुने गरी परिमार्जन गरिनेछ । ल्यान्डफिड साइटको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने भएकोले सरसफाइ कार्यमा हाल गरिएको प्रबन्ध आवश्यक परिमार्जनसहित थप केही समय निरन्तरता प्रदान गरिनेछ ।
९९. महानगरपालिकाबाट समेत कर चुक्ताको प्रमाण पत्र जारी गर्ने कार्यको संभाव्यता अध्ययन गरिने छ । राजश्व शाखा, ठूला करदाता शाखा तथा आय ठेक्का व्यवस्थापन शाखाको रुपमा विकास गरिएको राजश्व प्रशासनलाई क्रमशः महाशाखाको रुपमा विकास गरी राजश्व प्रशासन, कर निर्धारण, कर परीक्षण वक्यौता असूली लगायतका कार्यमा स्वायत्त हुने गरी परिचालन गरिनेछ । कर निर्धारणमा एक जना कर्मचारीको मात्रै भूमिकाको पुनरावलोकन गरी कम्तिमा २ जना कर्मचारी संलग्न हुने प्रणाली विकास गरिनेछ ।
१००. आन्तरिक आम्दानीको ठूलो हिस्साको रुपमा रहेको नदी जन्य सामग्रीको उत्खनन् गर्ने क्रममा नदी क्षेत्र सम्म जाने बाटोको मर्मत संभार, प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनले आंैल्याएका प्रभाव न्यूनीकरणका उपायहरुको कार्यान्वयन जस्ता कार्यमा बजेट व्यवस्था गरी कार्यान्वयन गरिनेछ ।
विविध
१०१.सुकुम्वासी, अव्यवस्थित बसोवासी तथा भूमिहीन दलितको समस्या नेपाल सरकारको सम्बन्धित निकायको सहयोगमा समाधान गरिनेछ । उक्त समस्याको स्थायी समाधान पश्चात जोखिमपूर्ण स्थानहरुमा कोही कसैलाई पनि जमीन अतिक्रमण गरी बस्न दिइने छैन ।
१०२.विश्व मञ्चमा महानगरको उपस्थिति बढाउन भगिनी सम्बन्ध स्थापना गर्ने तथा सम्बन्ध भएका सहरहरुसँगको सहकार्यलाई सघन बनाउने कार्य सम्पन्न गरिनेछ ।
१०३.फेवाताल लगायत पोखराका अन्य ७ तालहरुको सिमांकन सम्पन्न भई सकेकोले उक्त तालहरुको मापदण्ड निर्धारण गरिनेछ ।
उक्त सबै ताल क्षेत्रलाई पर्यावरण, पर्यटन तथा स्थानीयवासीको जीवनयापनसँग सामाञ्जस्य गरी विकास तथा संरक्षणको गुरुयोजना तर्जुमा गरिनेछ । ताल संरक्षणको लागि प्राविधिक रुपमा सम्भव भएको स्थानमा जग्गा एकीकरण आयोजना कार्यान्वयन गरिनेछ ।
१०४.सञ्चारकर्मीहरुको सामाजिक सुरक्षाको लागि स्थापना गरेको कल्याणकारी उपचार कार्यक्रमको मूल कोष अक्षय रहने गरी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कस्की शाखाले सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध मिलाइने छ ।
अन्तमा, प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, सभासदज्युहरु, नगरस्थित क्रियाशील राजनीतिक दलहरु, नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु, कर्मचारी मित्रहरुलाई पुनः धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार,गण्डकी प्रदेश सरकार, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म, पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा प्राप्त हुने नै छ भन्ने विश्वास गर्दछु । धन्यवाद ।

                   जय पोखरा नगरबासी !
                जय पोखरा महानगरपालिका !!

मानबहादुर जिसी
प्रमुख
२०७८ असार ९

WP2Social Auto Publish Powered By : XYZScripts.com