
तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन आगामी शनिवार जून २६, २०२१ का दिन न्युयोर्क स्थित क्विन्सब्रिज पार्कमा भब्य रुपमा सम्पन्न गरिंदैछ।
सन् २०१८ मा न्युयोर्क राज्यमा दर्ता गरेर गठन गरिएको तामाङ समाज अमेरिकाले कर्मभुमि एवं जन्मभूमि दुवै स्थानमा विभिन्न सामाजिक एवं सांस्कृतिक अभियानको लागि योगदान पुर्याउदै आएको सर्वविदित नै छ। विगत तीन वर्षको अवधिमा समाजले दुई करोड रुपैयाँ बराबरको कारोबार गरेको छ भने बीस लाख रुपैयाँ बराबरको अक्षय कोष नेपालमा शीघ्र भविष्यमा स्थापना गर्ने योजना रहेको छ। निजामती सेवामा युवा पुस्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो अक्षय कोष स्थापनाको घोषणा गत साल दोश्रो वार्षिकोत्सवमा गरिएको थियो।
अधिवेशनकै दिन तामाङ समाज अमेरिकाको तेश्रो स्थापना दिवस अर्थात तेश्रो वार्षिकोत्सव समेत पर्ने भएकोले सो अवसरमा SUMMER BBQ र अन्य अतिरिक्त मनोरन्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिनेछ। SUMMER BBQ नि:शुल्क गरिएको छ र शुभचिन्तक एवं सर्वसाधारणहरु सबैलाई निमन्त्रणा गरिएको सदस्य-सचिव विनिता तामाङद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।