एनआरएनको चुनावी तालमेल सुरुभयो, अध्यक्ष पन्तसहित धेरैको अमेरिकामा जमघट

-


     नेपालय न्युज    
     असार ८ गते २०७८


कृष्ण केसी, अमेरिका,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभामा संघका अध्यक्ष कुमार पन्त देखि ३ जना अन्तराष्ट्रिय उपाध्यक्षहरु, सचिव लगायत अरु थुप्रै व्यक्ति अमेरिका आउने भएका छन्।

यहि जुलाई ३-४, २०२१ मा हुने एनसीसी अमेरिकाको १० औं साधारणसभामा संघका अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, रबिना थापा र सचिव गौरी जोशी उपस्थित हुने भएका छन्। त्यसैगरी संघका सल्लाहकार कुल आचार्य र अमेरिकाका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा केशब पौडेल, अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रिय संयोजक एसी शर्पा समेत उपस्थित हुने भएका छन्।

जुन २२, २०२१ सम्म भएको कुराकानीका आधारमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्रि के सी, उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रबिना थापा र सचिव गौरी जोशीले आफू साधारणसभामा उपस्थित हुने कुरा जानकारी दिए। त्यसैगरी संघका सल्लाहकारहरु कुल आचार्य र एसी शेर्पा, एनसीसी अमेरिकाका पुर्व अध्यक्ष डा केशब पौडेल समेत साधारण सभामा उपस्थित हुनुहुने भएका छन्।

अध्यक्ष पन्त जर्मनीबाट, उपाध्यक्ष डा बद्रि के सी रसियाबाट आउने छन् भने उपाध्यक्ष सोनाम लामा, रबिना थापा, सचिव जोशी अमेरिकाकै हुन्। उता सल्लाहकर कुल आचार्य बेलायतबाट आउने भएका छन् भने अर्का सल्लाहकार एसी शेर्पा र पूर्व अध्यक्ष डा केशब पौडेल अमेरिकाकै हुन्।

यो भेटघाट यो कार्यकालको पहिलो मात्र नभएर संभवत अन्तिम पनि हुन सक्छ। कोरोनाका कारण बेलायत, युरोप, अष्ट्रेलिया, मध्येपूर्व लगायत देशमा जमघट कठिन छ। अमेरिकाले मात्र ट्राभल सहज बनाएको छ। यसै कारण सबैको ध्यान अमेरिका तर्फ केन्द्रीयत भएको हो। उसै पनि धेरैले अमेरिकालाई बढी ध्यान दिने गर्दछन।

चुनावी सरगर्मी र अध्यक्ष लगायत पदका प्रत्यासीहरु

  • अध्यक्ष कुमार पन्त दोश्रो कार्यकालको लागि तयारी गर्दै संघका वर्तमान एजेण्डाहरु समेत लिएर आउंदैछन्। संसारभरिबाट प्रतिनिधिहरुको स्थिति अनुसार आफू अर्को कार्यकालमा जाने या नजाने हेर्दैछन् अध्यक्ष पन्त। अध्यक्ष पन्तले अहिले नै तालमेल सुरु गरेको स्थिति देखिएको छन्। तरपनि अध्यक्षमा सर्वसम्मत भएमा आउने भन्ने सोच रहेको छ। अध्यक्ष पन्त पूर्व अध्यक्ष जिवालामीछानेको लिग्यासीको नजिक मानिन्छन।
  • पहिलो दिन देखि नै अध्यक्षको लागि तयारी गर्दै आएका उपाध्यक्ष डा बद्रि के सी कुनै पनि हालतमा र जो सुकै आएपनि आफू अध्यक्षको आकांक्षी रहेको बताउँछन्। उनिसंग वर्तमान महासचिव डा हेमराज शर्मा अर्को कार्यकालमा, सचिव गौरी जोशी उपाध्यक्षमा तालमेल गर्ने स्थिति बुझिएको छ। हुन त गौरी जोशीले आफू महासचिवको प्रत्यासी भनेका छन्। तर पनि महासचिवमा हेमराज शर्मा नै दोश्रो पटक प्रत्यासी हुने कुरा पक्का हो। उपाध्यक्ष के सी संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लिग्यासी बोक्ने मानिन्छन।
  • उपाध्यक्ष सोनाम लामा पनि यो पटक आफू समय र सबैको सल्लाह लिएर अध्यक्षकै लागि तयारी गर्दै गरेको बताउँछन्। हुन त लामाले अहिले चुनावी कुरा सुरु गर्ने बेला नभएको बताएका छन्। तर लामाले आफ्नो अन्तिम निर्णय गर्नुपूर्व अध्यक्ष शेष घलेको सपोर्टको अपेक्षा गरेका छन्।
  • उपाध्यक्ष रबिना थापाले वर्तमान समयमा आफूले चुनावी कुरालाइ ध्यान नदिएको बताएकी छन्। समय बाँकी छ एनसीसीहरुको चुनाव रकियोस अनि मिलेर जाने हो। कि मिलेर जाने होइन भने यो तालमेल, सिण्डिकेट भन्दा पनि आफू अध्यक्षकै प्रत्यासी रहेको बताएकी छन्।
  • सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्य गत निर्वाचनमा पनि अध्यक्षकै प्रत्यासी थिए। यो पटक उनि अध्यक्षका लागि नै भनेर पुरा तयारी गर्दै आएका छन्। उनीसंग डा केशब पौडेल महासचिवमा, बर्तमान कार्यसमितिका केहि व्यक्ति र अरु थुप्रै व्यक्ति सहकार्य गर्न आउने बताइएको छ। आचार्यले नेपाली कांग्रसका समर्थक, शुभचिन्तक, कार्यकर्ताहरुको सपोर्ट लिने बताइञ्च। उसोत त नेकपा माओवादी समूहले पनि साथ् तिने कुरा आएका छन्। उनिसंग सहकार्य गर्न आउने उम्मेदवारहरु नेपाली कांग्रेससँग नजिक रहेकाहरु छन्।
  • एसी शेर्पा यो पटक उपाध्यक्षको लागि प्रत्यासी हुने भएका छन्। गत निर्वाचनमा सहकोषाध्यक्षमा अन्तिम समयमा आएर छोडिदिएका शेर्पाले यो पटक उपाध्यक्षको लागि उम्मेदवारहेन कुरा बताएका छन्। एसी शेर्पा नेपाल सरकारका महावाणिज्यदुत हुन्। नेपाली राजदूतावास वासिङ्ग्टन डिसीपछि कन्सुलर सेवा प्रदान गर्ने एकमात्र महावाणिज्यदुत हुन् शेर्पा। एसी शेर्पा पूर्व अध्यक्ष शेष घलेको नजिकका मध्येका बलिया एकजना हुन्।
  • वर्तमान अमेरिकाज क्षेत्रकी युवा संयोजक बिमला सापकोटा आगामी निर्वाचनमा (ग्लोबल) युवा संयोजकको लागि प्रत्यासी हुने भएकी छन्।
  • यस बाहेक एनसीसी अमेरिकाका वर्तमान अध्यक्ष सुनील साहले पनि सचिवको लागि आकांक्षी रहेको कुरा बताएका छन्।
  • क्षेत्रमा भने वर्तमान डिआरसी राम पोख्रेल आरसीमा, पूर्व आइसीसी सदस्य प्रकाश सापकोटा र पूर्व एनसीसी बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल पनि आरसीकै लागि प्रत्यासी हुने बताउँछन्।
WP2Social Auto Publish Powered By : XYZScripts.com