भिन्तुुना युुवा क्लबको निःशुुल्क खाना खुुवाउने अभियान सम्पन्न

-


     नेपालय न्युज    
     असार ८ गते २०७८


पोखरा ।

पोखरा ३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबको निःशुुल्क खाना खुुवाउने अभियान सम्पन्न भएको छ । सोमबार गण्डकी मेडिकल कलेज ९जि।एम।सी।० मा एक कार्यक्रमको आयोजना गर्दै अभियान सम्पन्न भएको जानकारी गराइएको छ । क्लबले विगत ११ दिन देखि जिएमसीमा बिहान बेलुुका खाना खुुवाउँदै आएको थियो । स्वास्थ्यकर्मी र कोभिड विरामीका लागि खानासँगै खाजाको समेत व्यवस्थापन गर्न क्लबसँगै सहकार्य गर्ने संस्थालाई अध्यक्ष राजन श्रेष्ठले धन्यवाद दिएका छन् ।

गत वर्षको लडकाउनमा पनि आफुुहरुले २० दिनमा १८ हजार जना विपन्नलाई खाना खुुवाएको जानकारी उनले गराए । अहिले सो कार्यक्रमको निरन्तरतासँगै अक्सिजन सिलिण्डर संकलन कार्यमा समेत साथ दिएको उनले बताए । अक्सिजन उपलब्धतालाई सहज बनाउने कार्यमा बतास फाउण्डेसन संस्थासँगै मिलेर क्लबले सहकार्य गरेको उनले बताए ।

निःशुुल्क खाना खुवाउने कार्यक्रम जिल्ला प्रशासन कार्यालयको अनुुमतिसँगै जिएमसी अस्पतालको सहकार्यमा सम्पन्न भएको उनले बताए । उनले जेठ ३१ गतेसम्मका लागि तय भएको कार्यक्रम दाताहरुबाट निरन्तर सहयोग आएपछि असार ७ सम्म गरिएको बताए । जिएमसी अस्पताल सँगै आफुुहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समेत खाना वितरण गरेको जानकारी उनले गराए । आफुुहरुले एक दिनमा २५० जनालाई खाना खुुवाएको उनले बताए । उनले कार्यक्रम सम्पन्न गर्न ३ देखि साढे ३ लाख रुपैयाँ खर्च भएको जानकारी गराए । श्रेष्ठले खाजा व्यवस्थापनमा आफुुहरुसँग मेक अ चेण्ज नेपालको सहकार्य रहेको समेत उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने “मन्दिरमा ढुङ्गा र मुर्तिमा भगवान हुन्छन भने अहिलेको महामारीमा भगवान स्वास्थकर्मीको रुपमा हस्पिटलमा भेटिन्छन । त्यसैलाई उहाँहरुको सहजताका लागि दुुई छाक खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको हो । कोभिडका कारण छट्पटाएका विरामीलाई समेत हामीले खाना खुुवाएका छौं ।”

खाना तयार पार्न सहयोग गर्ने तेर्सापट्टी बुहारी समुहलाई उनले धन्यवाद दिएका छन् । प्रशासनले खाना खुवाउदा भीडभाड भएको भन्दै खाना खुवाउने अभियान स्थगन गर्न दिएको निर्देशन अनुसार आफुहरुले निःशुुल्क खाना खुुवाउने कार्यक्रम सम्पन्न गर्नुुपरेको उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुुकुुमार थापा र नेपाली कांग्रेसकी लक्ष्मी पाण्डेको उपस्थिति थियो । थापाले महामारीका बेला भिन्तुुना युवा क्लबले उदाहरणीय कार्य गरेको बताए । पछिल्लो समय क्लबका गतिविधिहरुमा आफ्नो पनि संलग्नता रहेको उल्लेख गर्दै उनले समाजसेवाका कार्यमा आगामी दिनमा पनि आफ्नो समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसकी नेतृ लक्ष्मी पाण्डेले आफ्नो ज्यानको बाजी राखी समाजसेवाको भावनाअनुुरुप सह्रानिय काम गरेको भन्दै क्लबलाई धन्यवाद दिइन् । “कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र कोभिड विरामीहरुलाई निःशुुल्क खाना खुुवाई समाजमा संस्था रहनुुको अपनत्व महशुुस भिन्तुुना युुवा कल्बले गराएको छ । उहाँहरुले पुुण्यको काम गर्नुुभएको छ”, उनले भनिन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com