
पोखरा । कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १५ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गते जोर र विजोर गते विजोर सवारी साधन गुड्न पाउने व्यबस्था गरिएको छ ।
त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, रंगशाला फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिंग पुल, ब्युटी पार्लर, शैलुन, फुथपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु खोल्न तथा सञ्चालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । माथि उल्लेखित बाहेक खाद्यान्न, फेन्सी,स्टेसनरी हार्डवयर, तरकारी, फलफुल, दुधका पसलहरु विहान ५ देखि मध्यन्न १२ बजेसम्म सच्चालन गर्न पाइने भएको छ ।
पसल संचालन गर्दा अनिवार्य २ मिटरको भौतिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

