
असार ५, पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको आम्दानी गत वर्ष दोब्बर भएको छ ।
विश्वभर टिकटकको लोकप्रियता बढेसँगै कम्पनीको आम्दानी बढेको हो । सन् २०२० मा कम्पनीको कुल आम्दानी १११ प्रतिशतले बढी ३४ अर्ब ३० करोड डलर पुगेको कम्पनीले कर्मचारीका नाममा जारी गरेको आन्तरिक मेमोले देखाएको हो ।
विश्वभरका सरकारहरुबाट बाइटडान्स र अन्य चिनियाँ ठूला प्रविधि कम्पनीहरु दबाबमा आइरहेकै बेलामा कम्पनीको आम्दानी बढेको खबर आएको छ । समीक्षा अवधिमा कम्पनीको वार्षिक खूद मुनाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलरमा पुगेको छ ।
अघिल्लो वर्ष कम्पनीलाई ४५ अर्ब डलर खूद घाटा भएको थियो । एजेन्सी