माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त


     नेपालय न्युज,     
     असार ५ गते २०७८


विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् ।

माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी त्यागेपछि सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए ।

उनी अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ ।

त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए ।

अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको हो ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com