गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

-


     नेपालय न्युज    
     असार ४ गते २०७८


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मतादानमा उहाँले ३१ मत प्राप्त गर्नुभएको हाे ।


उहाँले शुक्रबार ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिएका हुन् ।
सत्ता साझेदार दल नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाउनुभयो ।
अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com