
सुरेश चाम्लिङ्ग,
न्यु हेम्प्शायर ।
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्षमा भर्च्युएल (zoom ) माध्यम द्वारा संसार भरीको किराती राईहरु बीच शुभ कामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
यही जुन १९,२०२१ नेपाली समय बेलुका ६ बजे देखी संचालन हुने उक्त कार्यक्रमको प्रमूख अतीथी किराती राई समुदायको एक सफल राजनीतिज्ञ सिक्किमका पुर्व मुख्य मन्त्री पवन चाम्लिङ्ग रहने कुरा अर्गनाइजेसनको सभापती श्रीमती मुना राईले बताउनु भएको छ। “किरात राई हरुबीच बिबिधता ,भावनात्मक एकता “भन्ने नाराका साथ संसार भरी छरीएर रहेका राईहरु बीच यो सांस्कृतिक चाडमा शुभकामना आदान प्रदान गरीने कुरा समेत उहाले बताउनु भएको छ । देश विदेशबाट गरेर लगभग २० भन्दा बढी देशबाट प्रतिनीधीहरु उक्त कार्यक्रममा सहभागी हुने कुरा पनी उहाले बताउनु भएको छ ।
अर्गनाइजेसनका उप सभापती तथा यो भर्च्युएल कार्यक्रमका संयोजक जी एस राइले नेपालका किरात राई यायोखा केन्द्रिय समीती देखी बिश्व मा रहेको किरात राई हरु कुवेत, मकाउ, थाईल्याण्ड, मलेशिया, यु ए इ,अस्ट्रेलिया,हंगकंग,युके,न्युजिलैंड,जापान लगाएतका अन्य थुप्रै देशहरु बाट सहभागी हुने छन् । यायोखा केन्द्रिय सभापती दिवश राई,पुर्व राजदुत नोबल किशोर राई, संयुक्त रास्ट्र संघ नेपालका स्थायी प्रतिनिधि वर्तमान राज दुत अमृत राई ,अभिनेता दया हाङ्ग राई,गायक तथा वरिस्ट संगीतकार जितेन राई लगाएत सहभागी हुनेछन ।
यसरी नै अमेरिकाको प्रशान्त महासागर देखी आन्द्र महासागरसम्म फैलिएको युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले भर्खरै टेक्सास,अर्कान्सास,र फ्लोरिडा लाई मिलाएर (TAF )च्याप्टर गठन गरेको छ । उक्त च्याप्टरको सभापती दम काजी राई, उप सभापती गौरव राई,महासचिव सदेश राई, कोषाध्यक्ष राजेश राई रहनु भएको छ भने बोर्ड सदस्य हरुमा लिजा राई, करुण राई, सिर्जना राई रहनु भएको छ । अन्य खाली पदहरु पछी पुर्ती गरीने कुरा सभापती दम काजी राईले बताउनु भएको छ ।
हाल नेपालमा फैली रहेको कोभिड महामारी पिडित हरुको सहयोगार्थ अर्गनाइजेसनका युथ न्यु हेम्प्शायर युनिभर्सिटीका बिद्यार्थी अबृता कुथुमी ले फ्रिजन मम बिक्रि गरेर सहयोग संकलन गरि रहेका छन् भने यु एस आर्मीमा कार्यरत सुप्रेम चाम्लिङ्ग राई ले गो फण्ड को माध्यमबाट सहयोग संकलन गरी रहेको छन् । नेपालमा लकडाउनको मार खेपी रहेको र अक्सिजन लगाएत अन्य मेडिकल सामग्रीको अभावमा नेपालीहरुले समस्या खेपी रहेकोले त्यसको लागी सहयोग रकम संकलन गरी रहेको र यो रकम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका को केन्द्रिय समीतीको कोष बाट खर्च गरिने कुरा युवा सुप्रेम राईले बताउनु भएको छ ।