चीनले एक लाख डोज खोप सहयोग गरेको देशलाई अमेरिकाले दियो मात्र ४ सय डोज खोप

-


     नेपालय न्युज    
     असार ३ गते २०७८


अमेरिकाले गत सोमबार टापु राष्ट्र ट्रिनिड्याड एन्ड टोब्यागोलाई ८० भायल खोप सहयोग गरेको जानकारी दिएको थियो।

एक भायलमा ५ देखि ६ डोज खोप हुन्छ। यसको अर्थ अमेरिकाले १४ लाख जनसंख्या भएको ट्रिनिड्याड एन्ड टोब्यागोलाई ४ सय अथवा ४८० डोज खोप मात्र सहयोग गरेको छ।

अमेरिकाले थोरै डोज खोप मात्र सहयोग गरेपछि चिनियाँ संचारमाध्यमले अमेरिकाको मजाक उडाएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले बुधबार विच्याटको एउटा लेखमा अमेरिकालाई गिज्याउँदै भनेको छ,‘अमेरिकालाई सबैभन्दा खराब सार्वजनिक सम्बन्ध पुरस्कार प्रदान गरिनुपर्छ।’

सिन्ह्वाले १० वटा ट्विट गरेको छ जहाँ अमेरिकाको आलोचना गरिएको छ। चीनले अमेरिकाले सहयोग गर्नुभन्दा बढी हावादारी बोलेको बताएको छ।

गत मे महिनामा चीनले भने ट्रिनिड्याड एन्ड टोबागोलाई सिनोफार्मको एक लाख डोज खोप सहयोग गरेको थियो। रोयटर्स

WP2Social Auto Publish Powered By : XYZScripts.com