पोउवा संघद्धारा मुख्यमन्त्रीलाई बधाई

-


     नेपालय न्युज    
     असार २ गते २०७८


पोखरा, २ असार । पोखरा उद्योग वाणिज्य संघले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वधाई तथा कार्यकालको सफलताको कामना गरेको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा बुधबार मुख्यमन्त्री कार्यालय पुगेको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको छ । सो क्रममा संघका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको छाता संस्था मात्रै नभएर विकास साझेदार पनि भएको बताउँदै समुन्नत प्रदेश निर्माणको लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार भएको बताए ।

प्रत्युत्तरमा मुख्यमन्त्री नेपालीले प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने जानकारी गराएका संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । खोपको सुनिश्चितता गर्न माग पोखरा उद्योग वाणिज्य संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रममा उद्योगी÷व्यवसायीहरुलाई प्राथमिकतामा राख्न माग गरेको छ ।

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

संघले जिल्ला प्रशासन कार्यालय कास्की तथा पोखरा महानगरपालिकालाई बुधबार ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । संघका अध्यक्ष नारायण कोइराला,महासचिव सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्रीसहितको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा विभिन्न प्रकारका सामग्रीहरुको आपूर्ति गर्ने बाध्यतामा रहेका व्यवसायीहरु जोखिमपूर्ण अवस्थामा रहेको स्मरण गराइएको छ । ‘आपूर्ति व्यवस्थालाई चुस्त राख्नु व्यवसायीको बाध्यता हो’, संंघका अध्यक्ष कोइरालाले भने,‘ त्यसलै व्यवसायीहरुलाई पनि जोखिमपूर्ण नागरिकको सूचिमा राख्दै खोपको प्रबन्ध गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीलाई बुझाइएको ज्ञापनपत्रमा निषेधाज्ञाका कारण व्यापार व्यवसाय बन्द रहेकाले घरभाडा कर तथा व्यवसाय नवीकरण शुल्कमा छुटको माग गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बताए । त्यसैगरी महानगरसँग संघले व्यवसायीलाई कोभिडविरुद्धको खोप दिने प्राथमिकता सूचिमा राख्न पनि आग्रह गरीएको उपमहासचिव केशवबहादुर खत्रीले जानकरी दिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com