“अनेसास बालतारा” कार्यक्रम सुरु

-


     नेपालय न्युज    
     असार १ गते २०७८


कविता लामा,

बोस्टन, अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि “अनेसास बालतारा” कार्यक्रम सुरु गरेको छ ।

बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना वाचन गरेका छन् ।

कार्यक्रममा गतवर्ष बालकविता प्रतियोगितामा पुरस्कृत विवेक खरेललाई दुईसय अमेरिकी डलर नगदसहितको पुरस्कार अर्पण गरिएको छ । पुरस्कारलाई अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्माले प्रायोजन गरेका हुन् । कार्यक्रममा विवेक खरेल, कला न्यौपाने, रोजी गौतम, आभास अर्याल, ऐश्वर्या निरौलालगायतका भाइबहिनीले सहभागिता जनाए भने अतिथि साहित्यकारका रुपमा साहित्यकार ललिता दोषीले आफ्ना रचना सुनाइन् ।

अनेसासको अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्डअफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा, अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव विमला निरौलाले कार्यक्रममा मन्तव्य राखेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com