मस्कको ट्विटपछि बिट्क्वाइनको भाउ बढेर ३९ हजार डलरमाथि

-


     नेपालय न्युज    
     जेठ ३१ गते २०७८


जेठ ३१, सनफ्रान्सिस्को (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ सोमवार बढेको छ ।

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाइंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विटमार्फत कम्पनीले भविष्यमा पुनः बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्न सक्ने बताएपछि यसको भाउ बढेको हो ।

सोमवार प्रतिगोटा बिट्क्वाइनको भाउ साढे ९ प्रतिशतले बढेर ३९ हजार २४० डलरमा पुगेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ ।

यो वर्ष शुरु भएदेखि बिट्क्वाइनको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यद्यपि यसको भाउमा तीव्र उतारचढाव पनि देखिएको छ । अप्रिलमा यसको भाउ ६४ हजार ८२९ डलरको कीर्तिमानी उच्च विन्दुमा पुगेको थियो ।

अनि मे महीनामा भने यो घटेर ३० हजार डलर नजिक आएको थियो । बिट्क्वाइनमा इनरहरुले माइनिङमा ५० प्रतिशत स्वच्छ ऊर्जा प्रयोग गर्ने गरेको पुष्टि भयो भने कम्पनीले पुनःक्रेताहरुलाई कार खरीदको भुक्तानी बिट्क्वाइनमा गर्ने अनुमति दिने एक ट्विटमा मस्कले भनेका थिए ।

क्रिप्टोकरेन्सी माइनिङले जलवायु परिवर्तनमा प्रभाव पार्ने चिन्तातर्फ औंल्याउँदै कम्पनीले मध्य–मेमा बिट्क्वाइनबाट कार खरीदमा रोक लगाएको थियो ।
हालैका महीनाहरुमा मस्कको ट्विटले बिट्क्वाइन र समग्र क्रिप्टो बजारलाई प्रभावित बनाउँदै आएको छ । पछिल्लो वृद्धि यसैको नयाँ उदाहरण हो । एजेन्सी