
जेठ ३०, पेचिङ (चीन) । चीनको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती छुसिङले अमेरिकामा शेयर निष्काशन गर्न आवेदन दिएको छ ।
कम्पनीले जारी गर्न लागेको शेयरको परिमाण र मूल्य भने खुलाइएको छैन । कम्पनीले यसबाट करीब १० अर्ब उठाउने अपेक्षा गरिएको र शेयर निष्कासनपछि कम्पनीको मूल्यांकन १ खर्ब नजिक पुग्न सक्ने यस मामिलाबारे जानकार स्रोतले बताएको छ ।
यो सन् २०१४ यता चिनियाँ कम्पनीको अमेरिकामा अहिलेसम्मकै ठूलो शेयर निष्कासन हुनेछ । सन् २०१४ मा अनलाइन कम्पनी
अलिबाबाले शेयर निष्कासनबाट २५ अर्ब डलर उठाएको थियो । तितीलाई सफ्टबैंक, अलिबाबा र टेन्सेन्टलगायत एशियाका ठूला प्रविधि लगानी कम्पनीको समर्थन रहेको छ । एजेन्सी