जी ७ बैठकमा बाइडेनले पश्चिमा राष्ट्रलाई चीनविरुद्ध एक बनाउन प्रयास गर्ने

-


     नेपालय न्युज    
     जेठ २९ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनको क्रममा पश्चिमा राष्ट्रलाई चीनविरुद्ध एकजुट हुन अपिल गर्नेछन्।

बाइडेनका सहयोगीले बीबीसीलाई यो विषयमा जानकारी दिएको बताइएको छ।

बेलायतमा सुरु भएको सम्मेलनमा बाइडेनले चीनको लगानीलाई प्रतिस्पर्धा गर्न नयाँ गठबन्धन बनाउने आह्वान पनि गर्नसक्ने बताइएको छ।


चीनले हाल विकासशील राष्ट्रहरुको पूर्वाधारमा लगानी गरिरहेको छ। अमेरिकाको नयाँ गठबन्धनले सो लगानीलाई चुनौती दिनेछ।

अमेरिका र उसका सहयोगी राष्ट्रले बारम्बार चीनमाथि सिनजियाङमा उइगर मुस्लिमको मानव अधिकार उल्लंघन गरेर जबर्जस्ती श्रम शोषण गरेको आरोप लगाउने गरेका छन्। जसका कारण अमेरिकाले चीनलाई घेर्नेगरी नयाँ योजना बनाउने अनुमान गरिएको छ।


जी–७ को यस वैठकले कोरोना भाइरससँग लड्ने विषयमा पनि योजना बनाउनेछ। यस तीनदिने सम्मेलन बेलायतमा आयोजना भएको छ।

बीबीसीका उत्तर अमेरिकी सम्पादक जोन सोपेलका अनुसार अमेरिकाले शनिबारको सत्रमा विश्वभर चिनियाँ प्रभाव बढिरहेको विषयमा छलफल गर्दै चीनलाई चुनौती दिने विषयमा छलफल चलाउनेछ।
पश्चिमा राष्ट्रले यसअघि नै चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्सलाई चुनौती दिनुपर्ने बताउँदै आएका छन्। यही अभियान अनुसार चीनले विकासशील राष्ट्रमा लगानी गरेर आफ्नो प्रभाव बढाएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com