अमेरिकामा भारतीय मुलको माथुरले मेरिल्याण्डका सांसदलाई मार्ने धम्कि दिँदा ५ बर्षको कैद सजाय

-


     नेपालय न्युज    
     जेठ २८ गते २०७८


WASHINGTON, DC - MAY 9: A view of a U.S. Capitol Police badge on a uniform as officers wait for the start of an annual memorial service in honor of the four U.S. Capitol Police officers who have died in the line of duty, at the U.S. Capitol, May 9, 2016, in Washington, DC. Sgt. Clinton Holtz (2014), Detective John Gibson (1998), Officer Jacob Chestnut (1998) and Sgt. Christopher Eney (1984) are the four members of the U.S. Capitol Police who have lost their lives while on duty. (Photo by Drew Angerer/Getty Images)

अमेरिकामा भारतीय मूलको सिद्धार्थ माथुरले मेरिल्याण्डका एक सांसदलाई मार्ने धम्की दिँदा ५ बर्षको कैद सजाय पाउने भएका छन् । उनलाई आगामी सेप्टेम्बर ९ का दिन सजाय दिइनेछ ।

उनले गत बर्ष २०२० को डिसेम्बरको प्रारम्भिक हप्तामा मेरिल्याण्डका प्रतिनिधिलाई उनको संजालस्थल (वेब साइट) मार्फत सन्देश दिई धम्की दिँदा उन दोषी ठहर भएका छन् ।

उनले त्यति मात्र नभई डिसी प्रहरीलाई पनि झुटा बयान दिएका थिए ।

उनले ज्यान लिने जस्ता धम्की दिएको कारण उनलाई पक्राउ गरिएको थियो ।

उनले रिसमा आफ्नो मत लागेमा तिम्रो कार्यालयलाई उडाइ दिने धम्की पनि दिएका थिए । त्यति मात्र हैन सभासद सदस्यलाई ‘तिमी र तिम्रो परिवार कहाँ बस्छन् मलाई थाहा छ’ भनेका थिए ।

सिद्धार्थ कुमार माथुरले अमेरिकी सदनका प्रहरीलाई ढाटेको र मार्ने धम्की दिएको बिहिबारका दिन अमेरिकी न्याय विभागले बताएको छ ।

उनलाई गत डिसेम्बरमा नै अभियोग लगाईएको थियो भनि डब्लुटिओपी डटकमले समाचार लेखेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com