ट्रम्पले लगाएको टिकटक माथिको प्रतिबन्ध वाईडेनद्वारा रद्द


     नेपालय न्युज,     
     जेठ २७ गते २०७८


अमेरिकी राष्ट्रपति जो वाईडेनले आफ्नो पहिलो विदेश यात्राको लागि प्रस्थान गर्नु अघि एक ठुलो निर्णय गरेका छन्। हालको लागि उनले अमेरिकामा चिनियाँ एप्सहरूमाथिको प्रतिबन्ध हटाएको घोषणा गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ५ मा यो प्रतिबन्ध लगाएका थिए। त्यसपछि विच्याट र टिकटक सहित कुल ९ वटा चिनियाँ एप्सहरू प्रतिबन्धित गरेका थिए। ट्रम्पले यी एप्सहरूलाई अमेरिकी नागरिक र अमेरिकाको सुरक्षाका लागि खतरा भन्दै आएका थिए।

वाईडेनको यो कदम चीनका लागि सकारात्मक भएपनी ठुलो राहत दिने समाचार भने होइन। वाईडेन प्रशासनले ट्रम्पको कार्यकारी आदेश रद्द गरेको छ तर चीनको लागि राहत लामो समय सम्म नहुन सक्छ। यसको कारण हो, ह्वाइट हाउसको बयान।ह्वाइट हाउसले अब चीनका एप्स र कम्पनीहरूको लागि नयाँ रणनीति तयार गरिरहेको जनाएको छ। 

ह्वाइट हाउसले यस विषयमा फेरि विचार गर्दैछौं र चाँडै नै सही निर्णय लिने छौँ भनेको छ। यसले भन्यो – हामी ती एपहरूलाई राम्ररी अनुसन्धान गरिरहेका छौँ जुन अन्य देशहरूबाट नियन्त्रण गरिएको छ, जसले अमेरिका, यसका मानिसहरू र उनीहरूको डेटालाई खतरा उत्पन्न हुन सक्छ।

‘न्यू योर्क टाइम्स’ का अनुसार २०१९ मा ट्रम्पले चिनियाँ कम्पनीहरूमा आक्रमण गर्न थाले। उनले अमेरिकी कम्पनीहरूलाई विदेशमा बनेका उपकरणहरू प्रयोग नगर्न आदेश दिए। यो विश्वास गरिएको छ कि वाईडेनले मात्र ट्रम्पको आदेशमा रद्द गरेका हुन्। तर धेरै चाँडै उनले अझ कडा निर्णय लिने छन्। यसको एक कारण अमेरिकामा चीनको बढ्दो विरोध पनि हो। 

यद्यपि यो अझै स्पष्ट छैन कि अमेरिकाको सुरक्षाका लागि कुनै एप्स खतरनाक पाएमा प्रशासनले के निर्णय लिन्छ। यो पनि स्पष्ट छैन कि चिनियाँ एप्सहरू अमेरिकामा ट्रम्पको आदेश खारेज हुने बित्तिकै प्रयोगमा आउने छन् वा छैनन्। 

ट्रम्पले प्रतिबन्ध लगाएका एप्सहरु ट्रिप, अलि पे , क्यामस्क्यानर, क्युक्यु वालेट, शेयरइट, टान्सेन्ट क्युक्यु, भीमेट, विच्याट र डब्लुपीएस हुन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com