अमेरिकामा उपभोक्ता मूल्य ५ % ले बढ्यो


     नेपालय न्युज,     
     जेठ २७ गते २०७८


जेठ २७, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकामा उपभोक्ता मूल्य १३ वर्षयताकै तीव्र दरमा बढेको छ ।

खाद्यान्न, ऊर्जा, ग्रसरीलगायत समानको मूल्य डालोको प्रतिनिधित्व गर्ने उपभोक्ता मूल्य सूचकांक(सीपीआई) गतवर्षको सोही अवधिको तुलनामा मेमा ५ प्रतिशतले बढेको श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो ।

यो दाउजोन्सले गरेको सर्वेक्षणले देखाएकोभन्दा धेरै हो । मे महीनामा उपभोक्ता मूल्य ४ दशमलव ७ प्रतिशतले बढ्ने दाउजोन्सको सर्वेक्षणले देखाएको थियो । गत महीना सीपीआईमा भएको यो वृद्धि सन् २००८ को अगष्ट यताकै उच्च हो । त्यतिबेला सीपीआई ५ दशमलव ३ प्रतिशतले बढेको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com