प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

-


     नेपालय न्युज    
     जेठ २७ गते २०७८


जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई थप विस्तार गर्नु भएको छ ।

मन्त्रिपरिषदमा बिहीवार थप भएका मन्त्रीहरुमा सत्तारुढ नेकपा एमालेबाट ६ जना र एक जना राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक जना मन्त्री रहेका छन्।

प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अव २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन् भने १८ जना मन्त्री र तीन जना राज्यमन्त्री भएका छन् । यसैवीच आज गरिएको मन्त्रिपरिषद विस्तारमा खगराज अधिकारी गृहमन्त्री भएका छन् । नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com