नेपाललाई खाेप सहयाेग गर्न १६ बेलायती सांसदकाे दवाव

-


     नेपालय न्युज    
     जेठ २६ गते २०७८


बेलायतका १६ जना सांसदले नेपाललाई काेराेना भाइरसविरुद्धकाे खाेप सहायाेग गर्न आफ्नाे सरकारलाई दवाव दिएका छन् ।

विभिन्न पार्टीका १६ जना सांसदले बेलायतका विदेशमन्त्रीलाई सम्युक्त पत्र लेख्दै निकै जाेखिम अवस्थामा रहेकेा नेपाललाई तत्काल खाेप लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन भनेका हुन् । नेपाललाई भारतले दिने सम्झाैता गरेर पनि दाेश्राे खेप खाेप नदिदा पहिलाे डाेज लगाएका हजाराैं बृद्धा खाेप लगाउनबाट बञ्चित छन् ।

नेपाली युवाले बेलायतकाे रक्षाका लागि ठुलाे याेगदान गरिरहेेका उल्लेख गर्दै उनीहरुले लेखेकाे पत्रमा नेपालीकाे स्वास्थ्यमा ध्यान दिनु बेलायत सरकारकाे पनि दायित्व भएकाे बताएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com