एनआरएनएको सहयोगमा थप ४२८ वटा अक्सिजन कन्सन्ट्रेटर

-


     नेपालय न्युज    
     जेठ २६ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको नेपालमा ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप ४२८ वा अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ ।
विश्वभरका संघ–संस्था र नेपाली समुदायको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा आइपुगेको जनाइएको छ । नेपाल एयरलायन्सको वाइडबडी विमान चीनको बेइजिङ पुगेर ती सामान्य शनिबार ल्याएको हो ।
विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको जनाइएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com