एप्पलको बजार पूँजीकरण ३० खर्ब डलर पुग्ने अपेक्षा


     नेपालय न्युज,     
     जेठ २६ गते २०७८


सन फ्रान्सिस्को (अमेरिका) । आइफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण सन् २०२२ मा ३० खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । 

वेडबुशका डेटा विश्लेषक ड्यान इभ्सले यस्तो बताएका हुन् । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब ५ प्रतिशतले घटेको छ । अहिले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको बजार पूँजीकरण २१ खर्ब डलर आसपास रहेको छ । सन् २०१८ मा पहिलो पटक एप्पलको पूँजीकरण्ण १० खर्ब डलर नाघेको थियो । सन् २०२० मा पूँजीकरणले २० खर्ब डलरको स्तर पार गर्‍यो ।

इभ्ससमेतका केही विश्लेषकहरुले यस अघि नै पूँजीकरण ३० खर्ब डलरको स्तरमा पुग्नेबारे कुरा गरेका थिए । अबको १२ देखि १८ महीनामा यो कीर्तिमानमा कम्पनीको पूँजीकरण उक्लिने इभ्सले सीएनबीसीको एक कार्यक्रममा मंगलवार बताएका थिए ।

यद्यपि, लोकप्रिय भिडियो गेम फोर्टनाइट निर्माता एपिक गेम्ससँगको अदालती लडाईलगायत सम्भावित केही जोखिमले भने कम्पनीको बजार पूँजीकरणलाई सो स्तरमा पुग्न रोक्न सक्ने इभ्सको भनाइ छ ।

इभ्सले अप्रिलको अन्त्यमा एप्पलको मूल्य लक्ष्य प्रतिकित्ता १७५ डलरबाट बढाएर १८५ डलरमा पु¥याएका थिए । सोमवार नियमति कारोबार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२५ डलर ९ सेन्ट कायम भएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com