अलिबाबाले विस्तार गर्‍यो क्लाउड प्रडक्ट

-


     नेपालय न्युज    
     जेठ २६ गते २०७८


साङहाई (चीन) । चिनियाँ इन्टरनेट कम्पनी अलिबाबाले केही नयाँ क्लाउड कम्प्युटिङ प्रडक्ट सार्वजनिक गरेको छ । 

कम्पनीले एशियाभर आफ्नो उपस्थिति बढाउन मंगलवार ती प्रडक्टहरु सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो समय चीनबाहिर आफ्नो उपस्थिति आक्रामक रुपमा बढाइरहेको छ । दीर्घकालीन अवधिमा क्लाउड कम्प्युटिङलाई कम्पनीको मुनाफा बढाउने मुख्य साधनको रुपमा हेरिएको छ । 

मंगलवार नै कम्पनीले यस वर्षको अन्त्यसम्ममा फिलिपिन्समा नयाँ डेटा सेन्टर खोल्ने घोषणा गरेको थियो । कम्पनीले इन्डोनेशियामा तेस्रो डेटा सेन्टर लञ्च गरेको छ । 

डेटा सेन्टरको विस्तारले क्लाउड सेवा प्रदायकहरुलाई निश्चित देश वा क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न अनुमति दिन्छ । कम्पनीले मंगलवार नै क्लाउडमा आधारित लाइभस्ट्रिमिङ प्रडक्ट लञ्च गरेको छ । यो प्रडक्ट अनलाइन शपिङका लागि तयार पारिएको छ । 

यसले अलिबाबाको क्लाउडमा होष्ट गरिएका ई–कमर्श प्लेयरहरुलाई आफ्नो वेबसाइट वा एपमा लाइभ स्ट्रिम शपिङ फिचर लञ्च गर्ने अनुमति दिनेछ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com