
न्युयोर्क, न्युयोर्कको ज्याक्सन हाइटको टेष्ट अफ लाहोरको ठुलो हलमा एक विशेष समारोहका विच कवि जानुका वस्ती ढकालको नवीनतम् कृति ‘झरीको किरण’ कविता संग्रहको लोकार्पण भएको छ।
प्रवासमा कवि जानुका वस्ती ढकालद्वारा लिखित उक्त कविता संग्रह महाबाणिज्य दुताबासका बाणिज्यदुत गणेश अधिकारी र कविका माता हरिमाया वस्ती र पिता नीलप्रसाद वस्तीले पानसमा बत्ती बालेर च्याप्टरका अध्यक्ष सकुन ज्ञवाली, साहित्यकार खेमराज पोखरेल, स्रष्टा जानुका ढकाल र वहॅाका श्रीमान राजेन्द्र ढकालले संगोलमा पुस्तक लोकार्पण गर्नु भएको थियो । कविताको समालोचना गर्दै समालोचक रश्मी भट्टले संग्रहमा समाबेश भएका कविताहरूलाई बडो अभिरूचि मार्फत एक एक गरि ब्याख्या गर्नु भएको थियो ।
भावनात्मक संरचनाले ओतपोत लागेका संन्देश मुलक कविताहरू कवि जस्तै सालीन नभई बडो ब्यंगात्मक तरिकाले लेखिएका साह्रै पठन योग्य कविता छन् भन्नु भयो । गोरखा समाज अमेरिकाको बिशेष सहयोगमा अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको उक्त विमोचन समारोह च्याप्टरकी अध्यक्ष सकुन ज्ञवालीको अध्यक्षतामा उक्त कार्यक्रमलाई शुरूमा च्याप्टरकी उपाध्यक्ष शान्ता अधिकारी घिमिरेले सन्चालन गरेकी भएपनि कार्यक्कर्मको मध्यतिर वहॅा कै अनुरोधमा च्याप्टरकी अध्यक्ष सकुन ज्ञवालीले बडो रोचक ढंगले संचालन गर्नु भएको थियो । न्युयोर्कका प्राय सबै नेपाली कवि, साहित्यकार, पत्रकार, गीतकार, समाजसेवी र नेपाली समुदायको बाक्लो उपस्थिति थियो । सो कार्यक्रममा साहित्यकार आनन्द श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, संगीता उप्रेती, ज्योति कुमार श्रेष्ठ, नदिया लिंवाग, समाजसेवी डा. बिष्णुमाया परियार, र किशनसिहं धामीले बोल्नु भएको थियो भने गोरखा समाज अमेरिकाका समाजसेवीहरू अन्जान श्रेष्ठ, बिकास पान्डे, खाम भट्ट र सिटि काउन्सिलका उम्मेदवार नवराज केसीले शुभकामना दिनु भएको थियो ।
स्रष्टाका ममतामयी आमा हरिमाया वस्तीले उपस्थित सबै अतिथिलाई धन्यबाद दिनुका साथै जानुका सानै उमेरदेखि लगनशील र कवि हृदयकी भएकीले नै लेखनमा सफलता मिलेको र सफलता प्राप्त भइ रहोस् भनेर आशीर्वाद दिनु भएको थियो । छोरी श्रद्धा ढकालले भावुक हुदै आमाको काम र ब्यक्तिगत, व्यावसायिक जीवनको ब्यस्तताको बाबजुध पनि हामीलाई यो कृति पढ्ने अबसर दिनुभयो भन्दै आमाप्रति गर्व छ भन्दै उपस्थीत सबैलाई एकछिन भावबिहल बनाएकि थिइन् । त्यहि अवसरमा साहित्य र सस्कृतिको बिकास र प्रवर्द्धनका लागि स्थापित तारा-किशन फाउन्डेशन ईन्क.की सॅयोजक तारा धामीले कविलाई मायाको चिनो प्रदान गरेकी थिइन् । लामो समयसम्म न्युयोर्कमा बस्दै आउनु भएकी कवि जानुका वस्ती ढकालको प्रथम संग्रह भएपनि बिगत लामो समयसम्म प्रवासमा बसेर नेपाली साहित्यमा गजल, कथा र कबिता बिभिन्न अनलाईन र पत्रपत्रिकामा लेख्दै आउनु भएको छ, वहॅा न्युयोर्कमा समाजिकसंस्था र बिभिन्न साहित्यिक संस्थाहरूसॅग आवद्ध हुंनुका साथै अनेसास न्युयोर्क च्याप्टरको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको छ ।