कृष्ण थापा पुगे सर्वाेच्च


     नेपालय न्युज,     
     जेठ २१ गते २०७८


संघ सरकार बनाउने एजेन्डाले राजपा विभक्त भयो । साबिक नेकपामा मिलेका २ पार्टी पूर्ववत् अवस्थामा पुगेपछि गण्डकीमा पनि उस्तै अवस्था छ ।

सक्ता समीकरणमा निर्णायक मानिएको राजमोले संसदीय दलका नेता नै परिवर्तन गरेको छ । पार्टीले यसअघि संसदीय दलका नेतासमेत रहेका कृष्ण थापालाई सांसदबाट पदमुक्त गरिदिएको छ । सांसदबाट पार्टीले हटाएपछि थापा सर्वोच्च अदालतमा पुगेका छन् । पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा उनले रिट दायर गरेका हुन् ।

पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो ।

शुक्रबार दायर भएको रिटमा सांसद पद खारेजी गैरकानुनी भएको दाबीसहित पदबहाली गर्न माग गरिएको छ । उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध सदनमा अएको अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्न अस्वीकार गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com